भगवती आधारभुतका विद्यार्थी धुलो चौरमा परीक्षा दिँदै

डोटी । डोटीको शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवती आधारभुत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा घुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौरको भुईमा बसेर परीक्षा दिइरहेका हुन ।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पपेर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक रमेश बोहराले जनाए । उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । अहिले विद्यालयमा वार्षिक परिक्षा चलि रहेको छ । नेताहरु चुनाव लक्षिक कार्यक्रम गर्दा विद्यालयको स्तर उन्नतिका लागि सकारात्मक कदम चाल्नुे मिठो आशवासन दिदैं गरेपनि चुनान पछि विद्यालयको शिक्षा, गुणस्तरियता सम्बन्धी ध्यान नै दिँदैन् ।

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावी बनाउने भनिएको निरक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशिले आशवासन दिँदै आइरहेको छन् । तर जोशीको ५ वर्ष कार्यकाल वित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आशवासन बाहेक सिन्को समेत नभाच्दा स्थानिय खिन्न समशुस गरी रहेका छन् । ८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवति माध्यमिक विद्यालय तलारामा जानु पर्ने कठिक अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह विष्टले जानकारी दिए ।

भगवति आधारभुत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजी श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गर्दे आइरहेको स्थानिय गणेश रावल जानकारी दिए ।

भगवती आधारभूत विद्यालयमा नर्सरी देखी आठ कक्षा सम्म पठनपाठन हुदै आएको छ । विसं २०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु रहेका छन् । विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स