२०७८ सालमा कतिले बढ्यो पेट्रोल, सुन र डलरको मूल्य

काठमाडौं । गत वर्ष २०७८ मा पेट्रोल, सुन र डलरको मूल्य अचाक्ली बढेको छ । उपभोक्ताको आँखाबाट हेर्दा वर्ष २०७८ महँगो वर्षको रुपमा रहेको हामी सहजै अनुमान गर्न सक्छौं ।

वर्षभरिमा डिजेलको मूल्य ३७.५० प्रतिशत, मट्टितेलमा ३७.५० प्रतिशत, एलपीजी खाना पकाउने ग्याँसमा १४.२९ प्रतिशत र हवाई इन्धन बाह्य प्रयोजनमा ७३.०१ प्रतिशत मूल्य वृद्धि भएको छ ।

सबैभन्दा धेरै आन्तरिक प्रयोजनको हवाई इन्धनमा १०५.२६ प्रतिशत मूल्य वृद्धि भएको छ भने सबैभन्दा कम पेट्रोलमा ३२.२३ प्रतिशत मूल्य वृद्धि भएको छ । २०७८ सालमा पेट्रोलियम पदार्थको मूल्यमा १७ पटक मूल्य वृद्धि भएको छ ।
२०७८ मा पेट्रोलको मूल्य १२१ बाट बढेर १६० रुपैयाँ, डिजेल र मट्टितेलको १०४ बाट बढेर १४३ रुपैयाँ पुगेको छ भने एलपीजी ग्याँसको मूल्य प्रति सिलिन्डर १४ सय रुपैयाँ रहेकोमा वर्षभरिमा २ सय रुपैयाँ बढेर १६ सय रुपैयाँ पुगेको छ ।

कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० डलर प्रति ब्यारेलसम्म झरेको थियो भने कोभिडको असर विस्तारै कमजोर हुँदै गएपछि बढेर सन् २०२२ को मार्चमा कच्चा तेलले नयाँ उचाइमा पुगेको छ ।

२०७८ सालमा सुनको मूल्य पनि नयाँ उचाइमा पुगेको छ । गत वैशाखमा ८९ हजार ८ सय रहेको सुनको मूल्य वर्षभरिमा १ लाख ५ हजार ५ सयसम्म पुग्यो । युक्रेन र रसियाको युद्धका कारण सुनको मूल्य अत्यधिक बढेको हो । यी दुई देशबीच भएको द्वन्द्वका कारण बढेको सुनको मूल्य पछिल्लो समय केही घट्न थालेको छ । माथिल्लो उचाइमा पुगेको सुनको मूल्य ९७ हजारसम्म झरेको थियो । पछिल्लो सयम फेरि सुनको मूल्य बढेर १ लाख १ हजार ५ सय पुगेको छ ।

२०७८ सालमा पेट्रोल, सुनको मूल्य बढेसँगै डलरको मूल्य पनि उचाइ लिएको छ । गत वर्ष डलरको मूल्य १२३ रुपैयाँसम्म पुगेको थियो । विश्व बजारमा डलर र सुनलाई सुरक्षित लगानीको रुपमा मानिन्छ । सो कारण डलर सुरक्षित गर्नेको संख्या बढ्दै जाँदा डलरको मूल्यमा वृद्धि भएको हो । अहिले पनि डलरको मूल्य घटेको छैन । केही समययता डलरको मूल्य १२१ देखि १२२ रुपैयाँभन्दा माथि नै रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स