आज यी स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज बिहान काठमाडौंमा हल्का वर्षा भएको छ । उपत्यकाको आकाश बिहानैदेखि बदली रहेको छ । काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव चार र न्यूनतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स