टी-२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन् । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीह्रुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृंखला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन ।

युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उप बिजेता हुन सफल भएका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गरीसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स