एक लाखभन्दा बढी अभिकर्ता तथा सर्भेयरले कनेक्ट आइपीएसबाट इजाजतपत्र नवीकरण गरे, आगामी दिनदेखि जरिवाना लाग्ने

काठमाडौं । कनेक्ट आइपीएसमार्फत् एक लाखभन्दा बढी बीमा अभिकर्ता र सर्भेयरले इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गरेका छन् ।

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपीएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको हो ।

आज चैत ३० गतेसम्म १ लाख १५ हजार बीमा अभिकर्ता र ७ सय सर्भेयरले कनेक्ट आइपीएस मार्फत भुक्तानी गरेर इजाजतपत्र नवीकरण गरेको बीमा समितिका सहायक निर्देशक शम्भुप्रदास मिश्रले जानकारी दिए ।

आजसम्म अभिकर्ताले २०० रुपैयाँ र क वर्गकोले १२ हजार, ख वर्गकोले ९ हजार ग वर्गकोले ७ हजार र घ वर्गको सर्भियरले ५ हजार रुपैयाँ शुल्क बुझाएर इजाजतपत्र नवीकरण गर्न सक्थें । तर, आगामी दिनदेखि नवीकरण गर्दा विलम्ब शुल्क (जरिवान) लाग्ने भएको छ ।

बैशाख र जेष्ठ महिनासम्म अभिकर्ताले थप एक सय रुपैयाँ र सर्भियरले ५ सय रुपैयाँ जरिवाना तिरेर नवीकरण गर्न पाउँछन् । भने, असार महिना लागेपछि नविकरण गर्न चहाने अभिकर्ताको जरिवाना रकम दैनिक ५ रुपैयाँ र सर्भियरको हकमा ५० रुपैयाँका दरले वृद्धि हुनेछ ।

गत वर्ष करिब १ लाख ४० हजार अभिकर्ताले इजाजतपत्र नविकरण गरेका थिए ।

यसरी तिर्न सकिन्छ

बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्नका लागि सबैभन्दा पहिला कनेक्ट आइपीएसमा आइडी र पासवर्ड राखेर लगइन गर्नु पर्ने हुन्छ ।

कनेक्ट आइपीएसमा अकाउन्ट छैन् भने प्ले-स्टोर वा एप्स स्टोरमा गएर डाउनलोड गर्नुपर्छ । डाउनलोड पश्चात आफ्नो इमेल राखेर अकाउन्ट बनाउन सकिन्छ । अकाउन्ट खातासँग लिंक गर्न एकपटक बैंक जानुपर्छ (नयाँ प्रयोगकर्ताको हकमा) यसरी अकाउन्ट तयार पश्चात तलको प्रक्रिया मार्फत पेमेन्ट गर्न सक्नुहुन्छ ।

कनेक्ट आईपीएस लगइन गर्ने,

पेमेन्ट ट्याबको सेमि गभर्मेन्टमा क्लिक गर्ने,

बीमा समितिको लोगोमा क्लिक गर्ने,

एजेन्ट वा सर्भेयर कुन हो सोमा क्लिक गर्ने,

अन्य मागेका आफ्ना विवरणहरू सब्मिट गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स