काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेको छ । बुधाबार २२९ कम्पनीको सेयर २८ हजार ९४५ पटक कारोबार भएको छ । ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर खरिद खरिद बिक्री हुँदा १ अर्ब ४३७ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका १३ उपसमूह बढेर हरिया भएका छन् । नन लाइफ इन्स्योरेन्स उपसमूह सर्वाधिक १२९.४५ अंकले बढेको छ ।
नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यूनाईटेड आईडीआई मादी आरबी हाइड्रोपावरको सेयर मूल्य २.०८ प्रतिशतले घटेको छ ।