काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट ४.२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.२२ प्रतिशत गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नियमनकारी निकाय बीमा समितिले स्वीकृति दिएपश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।