दमक फुडफेस्टिबलमा ५० लाखको कारोबार

दमक । झापाको दमकमा यही चैत २३ देखि २९ चैतसम्म सञ्चालित आठौं दमक फुड फेस्टिबलमा करिब ५० लाखको कारोबार भएको छ ।

होटल व्यवसायी संघ दमकको आयोजनामा आयोजित फुडफेस्टिबलमा करिब एक लाख व्यक्तिले अवलोकन गरेको कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

धार्मिक, पर्यटकीय क्षेत्र तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यका साथ फुडफेस्टिबल आयोजना गरिएको उनले बताए ।

उक्त फेस्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारले सातै दिन साङ्गीतिक प्रस्तुति दिएका थिए ।

कोरोना महामारीका कारण तीन वर्ष फेस्टिबल हुन सकेको थिएन । यस वर्ष जोखिम घटेसँगै फेस्टिबलमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजक होटल व्यवसायी संघका अध्यक्ष योगराज दंगालले बताए । फेस्टिबलमा तीन दर्जनभन्दा बढी विभिन्न किसिमका व्यावसायिक कक्ष राखिएका थिए ।

सो फेस्टिबलका अवसरमा हिमशिखर टेलिभिजका पत्रकार सुदीप अधिकारीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

संघले हरेक वर्ष यो पुरस्कार स्थानीय एकजना पत्रकारलाई नगद, प्रमाणपत्रसहित प्रदान गर्दै आएको छ । फुड फेस्टिबल समापनमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, होटल व्यवसायी महासंघका प्रदेश नं १ का अध्यक्ष राजन दंगाल, दमक–७ का वडाध्यक्ष भीम पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स