काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएकोमा आज ६ सयले बढेर १ लाख १५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।