काठमाडौं । नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
बैंकको २० प्रतिशत दरको ६६ लाख ८४ हजार ८०५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।