सिनर्जी पावरको १० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, ५० प्रतिशत हकप्रद पनि जारी गर्न सक्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस गर्ने आज (भदौ ३ गते) अन्तिम दिन हो । कम्पनीले शुक्रबार भदौ ४ गते बुक क्लोज गर्दैछ । कम्पनीको वार्षिक साधारण सभा भदौं १८ गते तोकिएको छ । सभामा कम्पनीले १० प्रतिशत बनोस सेयर र ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

कम्पनीको गत साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बनोस र ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश गरेको थियो । यो प्रस्ताव सभाले पारित गरेपछि लागू हुनेछ । प्रस्तावित बनोस सेयरमा कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिइनेछ ।

कम्पनीको हाल चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ छ । बनोसपछि कायम हुने चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ ।

सभाले पारित गरेको बोनस र हकप्रद नियामक निकायले स्वीकृति प्रदान गरेपछि मात्र जारी हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स