एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युत आयोजनाको लगानी गर्न शर्त/समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी तथा मोदी जलविद्युत कम्पनीबीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त/समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ ।

माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रहने जानकारी गराईएको छ । नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स