स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन् ।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ को व्यवस्थाअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले चैत्र १७ मा र मन्त्रिपरिषद्ले चेत्र २४ मा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स