लगानीकर्ता पर्ख र हेरको अवस्थामा

काठमाडौं । सेयर बजारको विरोधीका रुपमा चिनिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरे पनि त्यसको प्रभाव सेयर बजार देखिएको छ । गभर्नर निलम्बन भएसँगै सेयर बजार बढ्ने लगानीकर्ताको विश्वासको बावजुत पुँजी बजार घट्दो क्रममा देखिएको छ ।

सोमबार ४५.६५ अंकले घटेको नेप्से मंगलबार ३४.७८ अंकले घटेको छ । नेप्से २३८५.०२ विन्दुमा आइपुगेको छ । पुँजी बजारसँग कारोबार रकम पनि घट्दो क्रममा रहेको छ ।

मंगलबार २३७ कम्पनीको सेयर ३१ हजार ५७६ पटक करोबार भएको छ । ३७ लाख ८३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

ब्याजदर वृद्धि नहुने र पुँजी बजारलाई लगाम कस्न खोज्ने गभर्नर निलम्बनमा पर्दा पनि त्यसको पुँजी बजारमा सकारात्मक प्रभाव नपर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकारहरु बताउँछन् । सेयर खरिद तथा बिक्री गर्न चाहानेको संख्या कम हुँदा करोबार बढ्न नसकेको लगानीकर्ताहरु बताउँछन् ।

आज होटल एण्ड टुरिजम उपसमूह बाहेक सबै उपसमूह घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स