काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ कायम भएकोमा आज ८ सयले बढेर १ लाख ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।