कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेसडरमा रबि लामिछाने नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेसडरमा पत्रकार रबि लामिछाने नियुक्त भएका छन् ।

चैत २८ गते काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रबि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समारोहमा बैंकका ब्राण्ड एम्बेसडर लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योति पुर्याउने महान कार्यको लागि छुट्याउने घोषणा गरे ।

साथै बैंकले नेपालको गीतसंगीत प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारीक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ ।

सम्झौतापश्चात बैंकका सिइओ बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तिहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

त्यस्तै, युआरएस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलले कामना सेवा विकास बैंकलाई आइएसओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरे ।

बैंक नेपालकै आइएसओ ९००१ः२०१५ प्रमाणित प्रथम विकास बैंक बन्न सफल भएको छ । जसले बैंकको गुणस्तर, व्यवस्थापन प्रणालीको सुरक्षा, दक्षता, योजना कार्यान्वयन, अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स