बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन

काठमाडौं । विश्वको अग्रणी सेनेटरिवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोकाबाथरूम प्रोडक्ट्सले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरू काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरूमा नयाँ शोरुमको विस्तार गरेको हो ।

कम्पनीले केई रंगनाथन, प्रबन्ध निर्देशक, रोकाबाथरूम प्रोडक्ट्सको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँशोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारिवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशथको बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ ।

रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् । यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै आमजनतचाको विश्वास जित्ने लक्ष्य राखेको छ ।

शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोकाबाथरूम प्रोडक्ट्स प्रबन्ध निर्देशक केई रंगनाथनले भने, “हामीहाम्रो पहुँच विस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपाली बजारमा बलियो उपस्थिति राख्नपाउँदा खुसी छौं । । हामी यस्ता बजारहरूम ाहाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्ने छौं । हामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्राग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँ बजारहरूमा प्रवेश गर्नेछौं ।

उनले थपे, ‘हामी बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तर तादिने महत्वाकांक्षी योजना छ ।’

रोका विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि हाम्रो उत्पादनहरूले सन्तुष्ट दिने विश्वास गर्दछ र ग्राहकहरुलाई उनीहरुको आवश्यकताअनुसार स्पष्ट रुपमा उत्पादनहरू छनोट गर्न मद्दत गर्दछ ।

ग्राहकहरूलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयरसँग नेपालभर १०० भन्दा बढी आउटलेटहरू छन् ।
विश्वनम्बर १ रोका ब्रान्डका नेपालमा १५ भन्दा बढि हाई एन्ड शोरुमहरू छन् जसले उच्च स्तरका ग्राहकहरू र आर्किटेक्टहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ । हाल, रोका प्यारिवेयरले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स