बढ्न थाल्यो निक्षेप, साता मै ३ अर्ब संकलन

काठमाडौं । पछिल्लो समय बैंकमा निक्षेप बढ्न थालेको छ । एक सातामा ३ अर्बले निक्षेप संकलन भएको छ । बढ्दो निक्षेपले बजारमा सकारात्मक असल पर्ने देखिएको छ ।

चैत महिनाको तेस्रो साता १८ गतेदेखि २५ गतेसम्म वाणिज्य बैंकहरूमा ३ अर्ब रुपैयाँ निक्षेप थप भएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।

चैत महिनाको १८ गतेसम्म वाणिज्यहरूले कुल ४३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । चैत २५ गतेसम्म आइपुग्दा ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेकोे छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अन्त्य नजिकमा बैंकहरू रिकभरीलाई तिव्रता दिइरहेका छन् । जसले गर्दा प्रणालीमा तरलता अभावको समस्या देखिएपनि बैंकहरुको निक्षेप भने अन्य समयमा भन्दा वृद्धि भएको हो ।

यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । चैत १८ गतेसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोका वाणिज्य बैंकहरूले चैत २५ गतेसम्म ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स