नेपालमा ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ ।

माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरुको मन जित्ने बताइएको छ ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि९६ द्वारा संचालित नार्जो ५० ले दुई को¥टेक्स–ए७६ कोर र छ वटा को¥टेक्स–ए५५ कोरको २.० गिगाहर्ज का साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ ।

यो १८० हर्जको टच स्याम्पलिंङ दरको र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ । यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक ¥याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी ¥याम सम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ ।

५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ ।

यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न र बी एण्ड डब्लु (B&W) लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ ।

रियलमी नार्जो ५० मा रेसिङ कारहरुबाट प्रभावित १७४ ग्राम तौल र ८.५ मिमि मोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ ।

यो फोन दुई भिन्न आकर्षक रंगहरु स्पीड ब्ल्याक र स्पीड ब्लूमा उपलब्ध छ र दुई स्टोरेज भेरियन्टहरु ४+६४ जिबी मूल्य २२,९९९ रूपैयाँ र ६ ६+१२८ जिबी मूल्य २६,४९९ रूपैयाँमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स