काठमाडौंको भृकुटीमण्डपमा हुने ‘क्यान इन्फोटेक २०२२’ को तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजनाले आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड-१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौमा मात्र हुने भएको क्यानले जनाएको छ ।

गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरू एवं सम्बन्धित सरोकारवालाहरूमा उत्साह देखिएको क्यानले उल्लेख गरेको छ।

क्यानका अनुसार २७ औ क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ।

विगतका वर्षहरूमा साधारणतया पुसरमाघरफाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष कोमिड-१९ का कारण विगत वर्षहरूका इन्फोटेक भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुँदैछ।

यसको आयोजनाले कोभिङ-१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ।

इन्फोटकको प्लाटिनम प्रायोजक ( बल्र्डलिक कम्युनिकेसन, डायमण्ड प्रायोजक( डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा ( जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिंङ हाउस लिमिटेड, सिल्भर प्रायोजकमा ( नमस्ते पे, डिजिकम, एस(पावर, बोडये इन्फोसिस, हुवावे टेक्नोलोजीज इन नेपाल, फर नेपाल र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.इ.डि. रहेका छन्।

क्यान इन्फोटेकको यो संस्करणमा विषव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी समेतको व्यवस्था हुन गैरहेको क्यानले जनाएको छ ।

उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको छ।

त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबान सँग सहकार्य गरिएको क्यानाले जनाएको छ। प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमइ बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमइ जनरल ईन्स्युरेन्स रहेका छन्।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सूचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विटुसा (World Innovation, Technology and Services Aliance. WITSA), असोसियो (Asian-Oceanian Computing Industry Organisation – ASOCIO) को प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको क्यानले जनाएको छ।

क्यानले भनेको छ,इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् जसमा ब्राण्डिङ , फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र गभर्नेन्स मुख्य हुने हामीले ठानेका छौं।

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवं उत्पादनहरुको सहभागिता रहनेछ।

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तिय एवं सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन्।

क्यानका अनुसार स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडिया को प्रदर्शनी गर्ने छन् ।

इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निप्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकेको छ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवर्द्धन गर्ने आफ्नो योजनाअनुरुष क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।

सूचना प्रविधि सम्बन्धि अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य रहेको क्यानले उल्लेख गरेको छ।

क्यानका अनुसार आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ/नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा विक्रिमा राख्नेछन्।

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन्। प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्बेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सुचना प्रविधि सम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने विश्वास क्यानले लिएको छ ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोहि संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ।

क्यानका अनुसार यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ। प्रवेश टिकटलाई आइएमइ पेले व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स