बलेफी हाइड्रोपावरको प्रि-अलटमेन्ट सम्पन्न, यही साता बाँडफाँड हुने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।

शुक्रबार प्रि-अलटमेन्ट सम्पन्न भईसकेको र यही साता बाँडफाँड हुने तयारी भईरहेको कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान रहेको छ ।

आईपीओ बाँडफाँड संभवत भोलि मंगलबार हुने तयारी भईरहेको, तर हुने नहुने दिँउसो सम्म फिक्स हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ ।

त्यस अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर पाउनेछन् भने बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स