‘हामीले उत्पादन गरेको नेपाली स्वाद र अन्तर्राष्ट्रिय गुणस्तरको पेय पदार्थ उपभोक्ताले अत्यन्त रुचाउनु भएको छ’

‘द टेष्ट अफ नेपाल’ भन्ने नाराका साथ ५ वर्षअघि स्थापना भएको सिंगापुर वेभरेजले अहिले आफ्नो उत्पादनलाई देशव्यापी रुपमा पुर्याइसकेको छ । बहुर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको विदेशी ब्राण्डको स्वाद लिइरहेका आम उपभोक्तालाई नेपाली स्वाद दिने उद्देश्यले कम्पनीले आधा दर्जनभन्दा बढी सफ्ट ड्रिङस उत्पादन गरेको हो । स्वदेशी उत्पादनलाई अब्बल बनाउने सोचका साथ विभिन्न अध्ययन र अनुसन्धानपछि ४ वर्षअघिबाट सिंगापुर वेभरेजले विभिन्न पेय पदार्थहरू बजारमा ल्याएको छ । कम्पनीले नयाँ वर्षदेखि नयाँ प्रडक्ट पनि थप गर्दैछ । कम्पनीले उत्पादन गरेका सबै प्रडक्ट उत्तिकै गुणस्तरीय र स्वादिलो भएपछि निम्बु पानीलाई उपभोक्ताले अत्यधिक मन पराएका छन् । कम्पनीका उत्पादन र बजारको अवस्थाका वारेमा सेल्स हेड बाबुराम शर्मासँग हाम्रोअर्थले गरेको कुराकानीको सारः

सिंगापुर वेभरेजका के कस्ता पेय पदार्थ नेपाली बजारमा उपलब्ध छ ?

कम्पनीले हाल ८ प्रकारका पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीसँग जिरु, क्लब सोडा, मनसुन डिउ, लण्डन ड्राई, फेन्सी र राईट र निम्बु पानी रहेको छ । कम्पनीले झापाको मेची नगर १४ मा उद्योग स्थापना गरी सन् २०१७ देखि उत्पादन सुरु गरेको हो ।

कम्पनीको उत्पादन नेपाली उपभोक्ताले कतिको रुचाउनु भएको छ ?

यी भनेका ग्लैमरस उत्पादन हुन् । मानिसले फेसनका लागि खानी हो । फेसनका साथै स्वास्थ्यमा पनि केही सपोर्ट गरोस् भनेर सोही अनुरुप यी प्रडक्ट तयार पारिएको छ । नेपाली बजारमा विदेशी ब्राण्डले एकलौटी बजार लिएको थियो । हामीले खाने यस्ता वस्तुमा परेको थोपा थोपाको पैसा विदेश जान्छ । स्वदेशी स्वादमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन बन्न सक्छ भनेर सिंगापुर वेभरेजको स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय कम्पनीले दिँदै आएको गुणस्तर हामीले पनि उपलब्ध गराउँदै आएको छ । हाम्रो उत्पादन बेलायत, अमेरिकी, अस्ट्रेलियालगायत यूरोपियन देशहरूमा निर्यात भइरहेको छ । हामी हाम्रो उत्पादन र गुणस्तरमा पनि गर्व गछौं ।

बजारबाट कस्तो प्रक्रिया प्राप्त भइरहेको छ ?

बजार बढ्दो क्रममै छ । कोभिड–१९ ले केही समस्या गरेको थियो । अहिले हाम्रो टार्केट अनुसारकै बिक्री भइरहेको छ । ग्रोथको हिसाबले सन्तुष्ट छौं । बजार विस्तार गर्न लागि परेका छौं ।

टार्केट ग्रुप को–को हुन् ?

हाम्रो उत्पादन सबै उमेर समूहले खान मिल्छ । तर, ३ वर्षभन्दा कम उमेरका बच्चालाई भने नखुवाउँद राम्रो हुन्छ ।

उद्योगको उत्पादन क्षमता कति छ ?

दैनिक ५ हजार कार्टुन उत्पादन भइरहेको छ । कम्पनीले यसलाई बढाएर दोब्बर बनाउँदै छ । नयाँ पलान्ट जडान कार्य पनि सकिदैछ । बजारम विभिन्न प्याकमा हाम्रा उतपादनहरू रहेको छ । हामीसँग ६ लिटरदेखि १३.२ लिटरसम्मको प्याक छ । उद्योगले २५० एमएल, ५०० एमएल र एक लिटरको प्याकका साथै डेढ र सवा २ लिटरको पनि प्याकमा पनि बजारमा प्रडक्ट उपलब्ध गराएको छ ।

बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न कतिको कठिनाइ भइरहेको छ ?

नेपाली उत्पादन भएकाले नेपाल ग्राहकहरूले रुची राख्नु भएको छ । गुणस्तरीय र स्वादिलो उत्पादन भएकाले बहुर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न कुनै समस्या देखिएको छैन । व्यवसायीलाई पनि बहुराष्ट्रिय कम्पनीको उत्पादन बिक्री गर्नु भन्दा हाम्रो उत्पादन बिक्री गर्दा फाइदा छ । हाम्रो उत्पादन ५ तारे होटल, भाटभटेनी, बिगमार्टदेखि साधारण पसलसम्म उपलब्ध छ । उत्पादन प्रति ग्राहकको मायाले गर्दा नै ४ वर्ष पूरा भएर ५ वर्षमा अघि बढ्दै छौं ।

ग्राहकहरूका माझ सबैभन्दा लोकप्रिय उत्पादन कुन हो ?

हाम्रो सबै उत्पादन ग्राहक माझ लोकप्रिय नै छन् । यी उत्पादन मध्येमा धेरै ग्राहकको रोजाइमा निम्बु पानी पर्ने गरेको छ । बहुर्राष्ट्रिय कम्पनीका उत्पादन भन्दा फरक र मौलिक स्वाद छ । कागती र विरेनुनको स्वाद भएकाले ग्राहकहरूलाई निम्बु पानीले बढी नै मोहित पारेको देखिन्छ ।

यो स्फट्प ड्रिक्स खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?

यो खानाकै लागि उत्पादन गरिएको हो । फ्लेबरहरू मिसाइएको हुन्छ । यसमा डाइटहरू केही हुँदैन । स्वास्थ्य प्रति सजक भएरै बनाइएको उत्पादन हो । दैनिक १, २ बोलट खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्दैन ।

नयाँ उत्पादन थप्ने योजनामा हुनु हुन्छ ?

नयाँ उत्पादन थप्ने तयारीमा छौं । हामी ३ वटा नयाँ उत्पादन ल्याउँदै छौं । वैशाख भित्रमा एउटा इनर्जी ड्रिक्स र २ वटा जुस ल्याउँदै छौं । फ्रुट जुस र जेली जुस रहेको छ ।

नयाँ वर्षमा नयाँ उत्पादन उपभोक्ताको स्वाद लिन पाउनु हुने भयो होइन त ?

नयाँ उत्पादन गर्नको लागि उद्योगमा प्लान लगाउने काम करिब सकिसकेको छ । कच्चा पदार्थ ल्याएर परीक्षण उत्पादन सुरु भइरहेको छ । वैशाखसम्म बजारमा उत्पादन उपलब्ध गराउने योजना छ ।

प्रविधिको प्रयोग कति भएको छ ? उद्योगले कति जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ?

उच्च गुणस्तरको अत्याधुनिक मेसिनबाट उत्पादन गरिरहेका छौं । अन्य पेय पदार्थ उत्पादकहरूले प्रयोग गर्ने मेसिन र हाम्रोमा तात्विक भिन्नता छैन । उद्योगमा ७०÷८० जना र सेल्समा सय जनाभन्दा बढीले रोजगारी पाइरहनु भएको छ ।

मुलुकभर कति डिलर छन् ?

हामीले देशभर १२० भन्दा बढी डिलरबाट ग्राहक माझ उत्पादन पुर्याइरहेका छौं ।

हाम्रो उत्पादनको बजार हिस्सा कति हो ?

छोटो. समयमा नै हामी कुल पेय पदार्थको १५ प्रतिशत बजार हिस्सा लिन सफल भएका छौं । सबै बजारमा पुग्न सकिएको छैन । बजार विस्तारकै क्रममा रहेका छौं । अहिले काठमाडौंको बजारलाई विशेष ध्यान दिएर काम गरिरहेका छौं ।

यसका लागि उपयुक्त सिजन कुन हो ?

गर्मी मौसममा सफ्ट ड्रिक्सको बिक्री हुन्छ । विशेष गरेर नेपाली बजारको कुरा गर्दा शिवरात्रीदेखि तिहारसम्ममा बिक्री उच्च रहने छ । चैत, वैशाखदेखि असोजसम्ममा धेरै बिक्री हुन्छ ।

ग्राहकले तपाईहरूको उत्पादन कतिको रुचाउनु भएको छ ?

हाम्रो उत्पादन ग्राहकले एकदमै रुचाउनु भएको छ । ग्राहककै मायाका कारण नयाँ उत्पादन थप्न लागेको हो ।

प्रतिक्रिया

2 COMMENTS

  1. Amazing product hami nepaliko lagi gaurabko kura ho aja hami nepali pani cold drinks ko lagi sakchyam bhayeka Cham.

  2. World class product with Excellent quality. I really loved Nimbu Paani and Jeeru. Unique and fabulous taste. I recommend every one to taste at least once and then you will feel it’s taste and quality wonderful. Best wishes to company.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स