‘२५ प्रतिशत घुस नदिँदा राष्ट्र बैंकले पैसा रोक्यो’

काठमाडौं । ट्राभल व्यवसायी पृथ्वीबहादुर शाहले विभिन्न काम गरे वापत बैंक खातामा आएको अमेरिकाबाट १२ लाख डलर ( १४ करोड रुपैयाँ) नेपाल भित्र्र्याउन खोज्दा राष्ट्र बैंकभित्रका दलालहरूले २५ प्रतिशत घुस मागेको बताएका छन् । शाहले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंकभित्र अण्डा जमाएर बसेका घुसास्या गिरोहरूलाई आफूले कमिशन नदिन २ वर्षयता बैंक खाता रोक्नुका साथै मानसिक टचर दिइ दुःख दिइरहेको बताए ।

‘विगत २ वर्षदेखि राष्ट्र बैंकले मेरो नाममा रहको कम्पनीको खाता रोकेर राखेको छ,’ उनले भने ‘राष्ट्र बैंकभित्रको घुस्याहरूको सञ्जालले उनीहरूलाई सो रकम दिएमा खाता खुल्ला गरिदिने बताएका छन् ।’

उनले मिडियामा आएजस्तो विदेशबाट आएको पैसा ४० करोड नभइ १४ करोड मात्रै भएको पनि जानकारी गराए । विगत २ वर्षमा आर्थिक कारोबार डामाडोल भई ६० जना कर्मचारीलाई तलब दिन नसक्ने स्थितिमा आफू पुगेको समेत उनले बताए ।

यो अवधिमा मैले मात्रै नभइ मसँग जोडिएका सबै साथीभाइ तथा आफन्तले समेत दुःख पाएको पनि उनले गुनासो गरे । शाहले विगत १६ वर्षदेखि आफूले विभिन्न व्यवसाय गर्दै आएको बताएका छन् ।

कोभिड महामारी हुनुभन्दा पहिलादेखि विदेशी नागरिकले ट्राभल्स र रेमिट्यान्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने प्रयोजनका लागि उक्त रकम पठाएको दावी गरे । ‘मसँग पैसा किन र केका लागि आएको भन्ने सबै प्रमाण छ र पनि राष्ट्र बैंकले अनाहकमा दुःख दिइरहेको छ,’ उनले भने ‘मैले दुई नम्बरी गरेर ल्याएको पैसा भए कमिशन दिन्थे,’ उनले भने ‘मेरो व्यवसायबाट व्यवसाय गरे वापत आएको पैसाको किन घुस दिउँ ।’

नेपाल घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले मेरो काम गरे वापतको पैसा पठाएको उनले जानकारी दिए ।

उनले विगत १६ वर्षदेखि होली डे एन्ड ट्राभल्स, देशभर २५ वटा शाखा रेको ‘पे सेफ रेमिटेन्स’, हार्डवयर एक्पोट÷ इम्पोर्ट, रियलद स्टेट र सहकारी सञ्चालन गरेको बताएका छन् ।

उक्त रकमलाई राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सिआईबीमा पठाएको र सिआईबीको अनुसन्धानबाट केही कमजोरी फेला नपरेपछि थप अनुसन्धान गर्न सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा पठाएको समेत उनले जानकारी दिए । सम्पत्ति शुद्धीकरण विभागले बैंक खाता खोल्न पत्र काटेपनि कमिशन नमिल्दा राष्ट्र बैंकले ब्याक लिष्टमा आफूलाई राखेकोमा उनले आक्रोस व्यक्त गरे ।

सम्पत्ति सुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनै पनि कमजोरी नदेखिएपछि खाता फुकुवा गर्न राष्ट्र बैंकलाई पत्र पठाएको उनले उल्लेख गरे । सम्पत्ति सुद्धीकरण विभागले मिति २०७८ चैत २० गते अनुसन्धानबाट कुनै पनि कैफियत नभएको भनी खाता फुकुवा गरिदिन चिठी पठाएको थियो ।

‘विभागको उक्त पत्र प्राप्त भएपछि पनि राष्ट्र बैंकले विभिन्न वहाना बनाएर खाता खोलेको छैन,’ उनले थपे ‘सो अवस्था सिर्जना भएपछि मैले अर्थमन्त्रीज्यूलाई सम्बोधन गरी न्याय दिन अनुरोध गर्दै निवेदन दिएको थिए ।’

 

प्रतिक्रिया

2 COMMENTS

  1. दुई बर्ष सम्म कारबाही पनि नगर्ने र बैंक खाता पनि फुकुवा नगर्नु भनेको त रास्ट्रबैंकको निकम्मा पन हो भने खुलमखुल्ला लुटको नमुना हो। अब रास्ट्र बैंकको कर्मचारीलाई पहिला कारबाही हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स