होटल वाटर टावर सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौं । होटल वार टावर सिद्धार्थ हस्पिटालिटीले व्यवस्थापन गर्ने भएको छ । होटल वाटर टावरले थप सेवा सुविधा सहित नेपालकै हस्पिटालिटी क्षेत्रको अग्रणी ग्रुप सिद्धार्थ हस्पिटालिटी सँग व्यवस्थापकीय साझेदारी गरी २०७९ बैशाख १ गतेदेखि यस सिद्धार्थ होटल वाटर टावरको नामबाट सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुँदै छ ।

होटल वाटर टावरले २०७३ साल जेष्ठ महिना देखि सेवा दिदै आइरहेको छ । होटलले ग्राहकको माग सगैं सेवा उपलब्ध गराउनका साथै बागमति प्रदेशमा आउने आन्तरीक र वाह्य पर्यटकहरुलाई भित्र्याउदै यस क्षेत्रको सम्बृद्धिमा सहयोग गर्ने अपेक्षा सहित आफ्ना गतिविधि सञ्चालनमा राखेका छौं । सबै ग्राहक साथै यस क्षेत्रमा रहेका सम्पूर्ण मान्यजनहरु, राजनीतिक दल, सरकारी निकाय, स्थानीय समाजसेवी, बुद्धिजिवि, उद्योगी व्यवसायी, पत्रकार, विभिन्न संघसंस्था लगायत सबैको सहयोगले यो स्थानमा पुग्न सफल भएको होटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस होटल सहकारी क्षेत्रको नमुना व्यवसायको रुपमा रहेको छ ।

साथै नुवाकोट जिल्ला मै उत्कृष्ट हस्पिटालिटीसेवा प्रदान गदै आएको छ ।

होटल वाटर टावर मा ३३ वटा अत्याधुनिक सुविधा युक्त कोठा, विभिन्न प्रकारका सेमिनार ,गोष्टिका र तालिम का लागि हल, रेष्टुरेन्ट तथा बार लगायतका सुबिधाहरु छन । यस होटलले निकट भबिष्यमा ५०० जना भन्दा बढी क्षमताको हल, स्विमिङ पुल,हेल्थ क्लव ,पारिवारीक वातावरण सहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचनाको निमार्ण गरी थप स्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत,महेन्द्रनगर,झापाको बिर्तामोड,कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा ,बौद्घ , लगायतका स्थानहरुमा २९ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे सिद्धार्थ ग्रुपले विदुर–४, वटार ,नुवाकोट स्थित होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको हो ।

नुवाकोट लगायत बागमति प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरु संग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरि रहेको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालन गरि रहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ ।

सिद्धार्थ होटल वाटर टावर ले प्रदान गर्ने सेवाहरु
1. सुविधा सम्पन्न भवन संगै ग्राहकको सुविधाका लागि ३३ वटा वातानुकुलित कोठाहरु
2. रेष्टुरेन्ट एण्ड बारको सुविधा
3. विभिन्न प्रकारका सेमिनार ,गोष्टिका तथा तालिम का लागि हल,
4. नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खानाको व्यवस्था
5. फ्रि वाईफाईको व्यवस्था
6. २४ घण्टा तातो अनि चीसो पानी को व्यवस्था
7. लण्ड्री को व्यवस्था
8. विभिन्न होलिडे प्याकेज र हवाई टिकटको व्यवस्था

नुवाकोटमा रहेको पर्यटकिय तथा रमणिय स्थलहरु

नुवाकोटको साततले दरवार ,भैरवी मन्दिर, जाल्पादेवी मन्दिर,छिमतेश्वर महादेव, डुपचेश्वर महादेव ,वनदेवी मन्दिर,पञ्चकन्या मन्दिर, कालिका मालिका मन्दिर, वेत्रावती (उत्तरगया धाम),पृथ्वी नारायण शाहको सालीक तथा समाधी स्थल देविघाट एंव त्रिशुली जलविद्युतको ड्यामसाइड लगायतका स्थानहरु रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स