१७ औं फेवा नब वर्ष महोत्सव, ‘पर्यटन, संस्कृति र खाना’

काठमाडौं । होटल संघ नेपालले पोखरामा १७औं फेवा नववर्ष महोत्सव आयोजन ागर्ने भएको छ । पत्रकार सम्मेलनमा होटल संघ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्धेश्य सहित “पर्यटन, संस्कृति र खाना” भन्ने नाराका साथ १७ औं फेवा नव बर्ष महोत्सव आयोजना गर्न गइरहेका बताए । कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरउत्थान गर्न यही चैत ३० गते देखि बैशाख १ गतेसम्म लेकसाइड स्थित फिष्टेल गेट देखी हल्लनचोक सम्मको मुख्य सडकमा महोत्सव संचालन हुने जानकारी दिए ।

कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगन पछि नयाँ पनका साथ करिव ३ किलोमिटर खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागेको बताउँदै उनले नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको बताए । बिनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी, बैंकको चर्को ब्याज जस्ता घटनाक्रमका कारण अफ्ठ्यारोमा पर्दै आएको पर्यटन क्षेत्रलाई कोभिडका कारण सुन्यता रहेको पर्यटन क्षेत्रमा यस महोत्सवले केही रुपमा भए पनि राहत प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष सुवेदीले बताए ।

कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य प्रस्तुत गर्नु हुँदै होटल संघ नेपाल केन्द्रका कार्यवाहक अध्यक्ष विनायक शाहले यस किसिमको उत्सव महोत्सवले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रभाव परी विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्नुका साथै नेपाल घुम्नका लागि सुरक्षित गन्तव्य रहेको सूचना सम्प्रेषण हुने बताए । उनले कोभिडबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको उत्थानका लागि बजेट तथा सरकारले घोषणा गरेका १० दिने पर्यटन काज आजको दिनसम्ममा पनि कार्यान्वयनमा नआउनु दुःखको कुरा भएको बताए । उनले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न होटल संघ नेपालले वृहत कार्यक्रम आयोजना गरेको स्मरण गराउँदै आज सोही अनुसार आन्तरिक हवाई सञ्जाल पोखरामा बढ्न थालेको बताउँदै सञ्चालनमा आउनै लागेको अन्तर्राष्ट्रिय विमानस्थलले पनि यस क्षेत्रमा अझ बढी प्रभावकारी भूमिका खेल्ने बताए ।

कार्यक्रमको समापन गर्दै होटल संघ पोखराका पूर्व अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई महोत्सवमा स्वगत गर्न आतुर रहेको बताउँदै उपस्थित सबैलाई निमन्त्रणा गरे ।

उक्त अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्य तथा कोषाध्यक्ष विशाल कुमारको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स