सीवाईसी नेपाल लघुवित्तले वैशाख २ गतेबाट आइपीओ निष्कासन गर्ने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तले वैशाख २ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सीवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी ८ करोड ८१ लख ८ हजार २०० रुपैयाँ रहेको छ । लघुवित्तले जारी पुँजीको ३२.५० प्रतिशत सेयर निष्काशन पश्चात चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स