रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जी नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ ।

हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।

शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।

१०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरू लिन मिल्ने कम्पनीले जनाएको छ ।

८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ ।

यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरूमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिने छ ।

रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ ।

यी दुइवटै फोनहरू ६जिबिं१२८ जिबि र ८ जिबि ं१२८ जिबिको स्टोरेजमा नेपालभर उपलब्ध हुनेछ ।

यस्तो छ मूल्यः

रेडमि नोट ११ एस

जिबि+१२८ जिबि– २९,९९९ रूपैयाँ
८जिबि + १२८ – ३१,९९९ रूपैयाँ

रेडमि नोट ११ प्रो ५जी

६जिबि+१२८ जिबि– ३६,९९९ रूपैयाँ
८जिबि + १२८ जबि – ३९,९९९ रूपैयाँ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स