सेवा प्रदायकलाई एनटीएको खबरदारी, केवाईसी भर्न लगाएरमात्रै सिम दिन निर्देशन (सूचनासहित)

काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनीहरूलाई नेपाल दूर सञ्चार प्राधिकरण( एनटीए) ले खबरदारी गरेको छ । एनटीएले स्थानीय तहको चुनाव नजिकिँदै जाँदा मोबाइल फोनको सिमकार्ड/रिमकार्डको दुरुपयोग बढ्ने भन्दै ग्राहकले भर्नुपर्ने फारम भरेरमात्र सिमकार्ड वितरण गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले आज मंगलबार एक सूचना जारी गर्दै नियमअनुसार ग्राहकलाई रितपूर्वक फारम (केवाईसी) भर्न लगाइ, विवरणहरू रुजु गरेर मात्र सिमकार्ड\रिमकार्ड बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड\रिमकार्ड खरिद गर्न प्राधिकरणले ग्राहकलाई पनि अनुरोध गरेको छ । ग्राहकले भर्नुपर्ने फारम (केवाईसी) रितपूर्वक नभरी र नियम अनुसार कागजात रुजु नगरी सेवा प्रदायकहरूबाट सिमकार्ड÷रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएकोले यस्तो सूचना प्रकाशित गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स