ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरे ।

हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५० पुगेको छ ।

उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले बैंकलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए ।

त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरु, व्यवसायी र स्थानीय वासिन्दाको उपस्थिति थियो ।

बैंकले देशभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स