काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक हालसम्मको उच्च विन्दुमा पुगेको छ । नेप्से बुधबार ३८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.८३ अंकले बढेर ५९८.११ अंकमा पुगेको छ ।
बुधबार २२८ कम्पनीको १ लाख ८८ हजार ४५४ पटक कारोबार छ । ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार ट्रेडिङ र म्यूचल फण्ड बाहेक सबै उपसमूहको बढेका छन् ।
अरुण भ्याली हाइड्रोपवार डेभलपमेन्ट, अरुण काबेली पावर, शिवम सिमेन्ट, जीवन विकास लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्यूत कम्पनी, महालक्ष्मी विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
१०.५० प्रतिशत एसबीएल डिभेन्चर २०८२ को सेयर मूल्य ५.८६ प्रतिशत र एनआईबीएल प्रगति फण्ड ४.६१ प्रतिशतले घटेको छ ।