आगामी वर्षदेखि सञ्चालनमा आउँदै लुम्बिनी केबलकार, एक घण्टामा ६ सय जनाले यात्रा गर्न सक्ने

काठमाडौं । लुम्बिनी केबलकार आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रप अन्तर्गतको लुम्बिनी केबलकारले रुपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडासम्म पुग्ने केबलकार निर्माण गरिरहेको छ ।

२०७७ फागुन १ गते तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए । कम्पनीले एक वर्ष भित्रमा केबलकार सञ्चालनमा ल्याउने योजना अघि बढाएको थियो ।

तर, कोभिड-१९ को प्रकोप र रुख कटानमा ढिलाई भएकाले आगामी वर्ष मात्र निर्माण सम्पन्न हुने देखिएको लुम्बिनी केबलकारका प्रोजेक्ट म्यानेजर ई. गोकुल साउदले जानकारी दिए ।

यो अवधिमा देखिने गरी काम नभए पनि केबलकार निर्माणका लागि महत्पूर्ण कामहरु डिजाइन, निर्माण व्यवसायी छनोट, टिर्मिनल भवन लगायतको काम सम्पन्न भएको छ ।

रुस र युक्रेन युद्धका कारण फलामको अभाव हुँदा पनि निर्माणमा केही ढिलाई भइरहेको उनले बताए ।
को बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडा जोड्ने केबल कारको लम्बाई ३ किलोमिटर हुनेछ । केबलकार, होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण गर्न करिब ३ अर्ब ५२ करोड लाग्ने प्रारम्भिक अनुमान छ ।

यो केबलकार मार्फत् बुटवल, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने पर्यटकले सुविधा प्राप्त गर्नेछन् । तराईमा प्रचण्ड गर्मी हुँदा पहाडमा गएर शीतलता खोज्ने पयर्टकका लागि यो केबलकार उपयोगी हुने साउदले विश्वास व्यक्त गरे ।

हाल कम्पनीले भवन र टावर निर्माणको काम गरिरहेको छ । अगामी बर्खाअघि कम्पनीले भवन र टावर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । बर्खा सिजन सकिए पछि केबलकारका लागि आवश्यक तार तान्ने काम सकेर सन् २०२२ भित्रैमा पर्यटकलाई सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए ।

यात्रु, मालसामान ढुवानी र सर्भिसका लागि २५ वटा केबलकार सञ्चालमा ल्याइने छ । यात्रुका लागि २३ र मालसामान ढुवानी र सर्भिसका लागि १/१ वटा केबलकार प्रयोग गरिने छ । लुम्बिनी केबलकारबाट एक घण्टामा ६०० जनाले यात्रा गर्न सक्ने उनको दावी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स