सत्तापक्षीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन नेतृत्व पौडेलले गर्ने

काठमाडौं । सत्तापक्षीय राजनीतिक गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठक निर्वाचन केन्द्रित रहेको छ । उक्त बैठकले गठबन्धनको तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।

समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन्।

यस्तै माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल सदस्य छन्। जसपाबाट अशोक राई र रेणु यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन्।

त्यस्तै, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक बृहत् अन्तर्क्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको छ ।

भारतको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको भारत भ्रमणको उपलब्धिका बारेमा पनि बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स