बीओके र हेफर नेपालको सहकार्यमा गुल्मी जिल्लामा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम संचालन

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले हेफर नेपालसँगको सहकार्यमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू संचालन गरेको छ ।

सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरूमा आवद्ध १५० महिलाहरूको उपस्थिती थियो । ग्रामिण भुभागमा बसोबास गर्नेहरूलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले सञचालन गरिएको बीओकेले जनाएको छ ।

बैंक र हेफरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलले सहजीकरण गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स