गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंक लिमिटेडको आर्थिक सहयोग

काठमाडौं । नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याउनु भएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको र सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु¥याउनु भएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रशन्नता व्यक्त गरे ।

साथै, उक्त सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्नुहुँदै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहज्यूले पु¥याउनु भएको योगदानलाई सम्मान गर्दै नेपाल बैंक लिमिटेडले उनको नाममा स्थापना भएको अस्पताललाई गरेको आर्थिक सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स