बलेफी हाइड्रोपावरको आईपीओमा साढे २२ लाख बढीको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा साढे २२ लाख बढीको आवेदन परेको छ ।

सोमबार ५ बजे सम्ममा २२ लाख ६४ हजार ३७८ आवेदनबाट २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको २ करोड ६१ लख ७१ हजार ३९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंङले जनाएको छ ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १५.७४ गुणा बढी हुन आउँछ ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ ।

त्यस अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स