काठमाडौं । एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् ।
बैंकको चैत २० गते सम्पन्न २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।