तोलामा ६ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सयले घटेर ९८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ५० कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स