८ महिनामा जीवन बीमा कम्पनीको आम्दानी ९२ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेका छन् । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले १ करोड ११ लाख ७९ हजार बीमा लेख बिक्रीबाट उक्त बीमा शुल्क प्राप्त गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क र नवीकरणबाट उक्त रकम प्राप्त गरेका हुन् ।

पहिलो ८ महिनामा प्रथम बीमा शुल्क बापत २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ र नवीकरणबीमा शुल्कबाट ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

१० अर्बभन्दा बढी आम्दानी गर्ने जीवन बीमा कम्पनी २ वटा, १६ वटाको एक अर्बमाथि र एउटाको भने १ अर्ब पनि आम्दानी रहेको छ ।

जीवन बीमा कम्पनीहरुमध्येमा सबैभन्दा धेरै आम्दानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमध्ये नेपाल लाइफ इन्स्यारेन्सको हिस्सा २५ प्रतिशत रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ८ लाख ५९ हजार ६०४ बीमा लेख बिक्री गरेर २३ अर्ब ९३ करोड १२ करोड रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले ११ अर्ब ११ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

९ अर्ब १ करोड ३७ लाख रुपैयाँ आम्दानीसहित नेशनल लाईफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।

सबैभन्दा कम आम्दानी गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मीले ३२ हजार २२३ बीमा लेख बिक्री गरेर ९३ कारोड २९ लाख रुपैयाँ आर्जन गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/Life-insurance-Falgun2078_Web.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स