सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक, कुन रुटको कति ? (सूची सहित)

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो ।

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ भने यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो।

यस्तो छ सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/bhada-darr.pdf” cache=”off”]

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स