माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा स्याङ्जाको नागडाँडामा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवाको बिस्तार गरेको छ ।

बैंकले १६२ औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका ४ नागडाँडामा शुभारम्भ गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको नागडाँडामा एक कार्यक्रमकाबीच वडाअध्यक्ष ओमबहादुर खड्काले उद्घाटन गरेका थिए ।

बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता संचालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को खातामा रकमान्तर र रेमिट्यान्स सेवा सुचारु जस्ता कार्य यस शाखारहित बैंकिङ सेवाबाट प्रदान गरिने बैंकले जनाएको छ ।

उक्त सेवाको अभिकर्ताका लागि बैंकले खेमराज शर्मालाई चयन समेत गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स