विवादित कतार विश्वकप, ६५ सय कामदारको मृत्यु

एजेन्सी । आगामी फुटबल विश्व कप मध्य एसियामा अवस्थित कतारमा आयोजना हुँदैछ । कतार विश्वकपलाई सर्वाधिक विवादित विश्वकपको रुपमा लिइने गरिएको छ ।

कतारले विश्वकप आयोजना गर्ने अधिकार कसरी प्राप्त गर्यो, रंगशाला बनाउने कामदार प्रति गरिएको व्यवहार र विश्वकपका लागि उपयूक्त स्थान हो ? कतार विश्वकपले यस्ता प्रश्न सामना गरिरहेको छ ।

विश्वकपका लागि कतारले ७ रंगशाला, एउटा नयाँ एयरर्पोट, नयाँ मेट्रो र सडक बनाइरहेको छ । जुन रंगशालामा फाइनल खेलिने छ उसमा अन्य ९खेल पनि खेलाइनेछ । यो नयाँ शहरको केन्द्रविन्दु पनि हो ।

कतारले यस परियोजनासँग जोडिएको ३० हजार प्रवासी मजदूरका साथ गरिएको व्यवहारलाई लिएर पनि आलोचनाको सामना गर्नु परिरहेको छ ।

सन् २०१६ मा मानवअधिकार संस्था एमनेस्टी इन्टरनेशनलले मजदूरबाट जबरदस्ती काम लिइएको आरोप छ । धेरै मजदूरलाई खराब तरिकाबाट काम लगाइएको, बस्नका लागि लायक स्थान नभएको र पासपोर्ट जफत गरिएको थियो ।
सन् २०१७ मा कतार सरकारले प्रवासी मजदूरलाई गर्मीबाट बचाउने अभियान सुरु गरेको थियो । जसका लागि काम गर्ने समय घटाउने, र कामदारको क्याम्प व्यवस्थापन सही बनाउन सुरु गरिएको थियो ।

जाडोमा विश्वकप

विश्वकप फुटबल सामान्यतया जून र जुलाईमा आयोजना हुने गर्छ । उक्त समयमा कतारमा औसत तामक्रम करिब ४१ डिग्री सेल्सियस र ५० डिग्रीसम्म पुग्न सक्छ । यस्तो गर्मीमा ९० मिनेट फुटबल खेल्न निकै कठिन हुन्छ ।
बोली प्रक्रियामा कतारले एडवान्स एयर कन्डिसन प्रविधिको प्रयोग गर्ने बताएको थियो । यस्तोमा ट्रेनिङ र मैदान र रंगशालाको तापक्रम २३ डिग्री सेल्सियससम्म चिसो बनाउने प्रस्ताव गरेको थियो । तर २०१५ मा फिफाले जाडो याममा विश्वकप आयोजना गर्ने निर्णय गरेको थियो ।

विश्वकप २१ नोभेम्बरबाट सुरु हुने छ भने फाइनल डिसेम्बर १८ मा हुनेछ । उक्त समय धेरै देशको फुटबल सीजन मध्य अवस्थामा रहेको हुन्छ । लिग फुटबलले रुकावटको सामना गर्नुपर्छ । उदारणका लागि इंग्लिस प्रिमियर लिग १३ नोभेम्बरदेखि २६ डिसेम्बरसम्म कुनै खेल हुनेछैन । यसको भरपाईका लासि २०२२÷२०२३ सिजन समान्यभन्दा एक हप्ता अघि सुरु र एक हप्ता पछि सकिनेछ ।

विश्वकपको आयोजना अधिकारी कसरी प्राप्त गर्यो

फिफाले सन् २०१० मा कतारले विश्व आयोजना गर्ने भनेर घोषणा गरेदेखि नै विवाद सुरु हुन थालेको थियो ।
एउटा सानो तर समृद्ध देश, जसको फुटबल इतिहास पनि छोटो छ । र, कतार हालसम्म विश्वकपका लागि छनोट भएको छैन । यस्तो देशले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापान लगायत देशलाई पछारेर आयोजना बनेको थियो । धेरै मानिसलाई यो कुरा विश्वास गर्न गाह्रो भएको थियो ।

यसका लागि कतारले फिफाको अधिकारीलाई घुस दिइएको भन्ने आरोप पनि लाग्ने गरेको छ । तर, पछि फिफाले यस आरोपको स्वतन्त्र जाँच गराएको थियो । त्यसमा ठोस सबूत प्राप्त भएन ।

प्रतिनिधिसँग भोट खरिद गरेको भन्ने पनि आरोप छ । फ्रान्सेसी अधिकारीहरुबाट भइरहेको जाँच अहिले पनि जारी छ । र, सन् २०२० मा अमेरिकाले फिफाका ३ अधिकारी माथि भुक्तानी लिएको आरोप लगाएको छ ।

मजदूरको मृत्यु

कतारले विश्वकप आयोजनाको अधिकारी प्राप्त गरेपछि भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकका ६ हजार ५ सयभन्दा बढी प्रवासी कामदारको मूत्युको फ्रेब्रुअरी २०२१मा गार्डियन पत्रिकाले समाचार छापेको छ ।

विश्वकपका लागि आवश्यक पूर्वाधार बनाउने क्रममा पनि मृत्यु भएको छ । सन् २०१४ देखि २०२० को बीचमा ३७ जनाको रंगशाला बनाउनेको मृत्यु भएको छ । यसमा ३४ जनाको मृत्यु कामका कारणले नभएको कतारको दावी छ ।
अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ)ले कतारमा अचानक र अप्रत्याशित तरिकाबाट मृत्यु भएका मजूदुरको गणना नगरिएको दावी गरिएको छ । मूटुको समस्या, हीटस्ट्रोकका कारणबाट भएको रेस्पिरेटरी फेलरबाट भएको मृत्युलाई कामसँग सम्बन्धि मृत्यु बताए प्राकृति मृत्यु भएको कतारले बताउँदै आएको छ ।

आईएलओले कतारको सरकारी अस्पताल र एम्बुलेन्स सर्भिसबाट मृत्युको तथ्यांक लिएको हो । यसमा विश्वकप परियोजनासँग जोडिएको मृत्यको तथ्यांकमा पनि रहेको छ ।

उक्त तथ्यांकअनुसार सन् २०२१ मा ५० मजदूरको मृत्यु र ५०० भन्दा बढी गम्भिर घाइते भएका हुन् । ३७ हजार ६०० मानिसलाई मध्यम चोट लगेको छ ।

मृत्यु र चोट लाग्नुको मुख्य कारणमा उचाईबाट झर्नु, सडक दुर्घटना र सामान झर्नु रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स