ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

जसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता सेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।

स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँड गरिएको छ।

कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको थियो ।

बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको आइपीओ चारवटा साइटबाट हेन सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेन सकिनेछ ।

ग्रीन भेन्चर्सको वेबसाइट https://greenventuresnepal.com/ , बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडको वेबसाइट https://laxmicapital.com.np/, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओ नतिजा हेर्नको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत् आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले चैत्र ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स