नयाँँ वर्षमा शाओमीको ‘मि मा डबल मज्जा’ अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ ।

यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि 4A टेलिभिजन जित्न सक्नेछन् ।

प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभि किन्न चाहने उपभोक्ताहरुको लागि बजारमा यो भन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको छ ।
मि मा डबल मज्जा
अफर                       उपहार                   विजेता
बम्पर उपहार           मि नोटबुक प्रो                  १
साप्ताहिक लक्की ड्र   मि 4A टेलिभिजन ४०”         ६

यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि 4A टेलिभिजन जित्न सक्नेछन् ।

मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभिमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।

साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभि हेर्दा पनि अरु टिभिमा भन्दा ४०% बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।

बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभि किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभि किने पनि ठुलो टिभिमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मुल्य २९,९००÷– देखि १,०९,९९÷– सम्म रहेको छ ।

यो अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स