मुस्ताङमा प्रधानसेनापति ‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुँदै, प्रथम पुरस्कार तीन लाख

काठमाडौं । मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो ।

पुरुष र महिला विधाका लागि बेग्ला-बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलंका, बेलायत, बंगालादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए ।

प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता दुई हजार ७०० मिटरदेखि तीन हजार २०० मिटर उचाईसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भाग लिन चाहने टिमका लागि यही चैत १९ र २० गते दर्ताका लागि समय तोकिएको छ ।

एड्भेञ्चर स्पोर्टस् उच्चस्तरको जोखिम समावेश रहेको खेल हो । सेनाले एड्भेञ्चर स्पोर्टस् अन्तर्गत वार्षिक दुई अन्तर्राष्ट्रियस्तरको एड्भेञ्चर दौड आयोजना गर्दै आएको छ ।

नेपालमा सहासिक खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने र नेपाली खेलाडीको सहासिक खेलमा क्षमता अभिवृद्धि गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।

सेनाले यसअघि विसं २०७४ र २० ७५ मा राष्ट्रियस्तरमा एड्भेञ्चर स्पोर्टस् सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स