गम्भीर आर्थिक संकटसँग जुझिरहेको श्रीलंकामा राष्ट्रपतिको घर घेराउ, देशभर हाहाकार

एजेन्सी । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकमा बिहीबार प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपक्षेको घर घेरेका छन् । विरोध प्रदर्शन र झडप भएपछि भारी संख्यामा पुलिस तैनाथ गरिएको छ । कोलोम्बोमा करिब ५ हजारभन्दा बढी मासिनहरुले राष्ट्रपतिका घर घेरेका हुन् ।

राष्ट्रपतिको घर भित्र कोशिस गर्ने दौरान पुलिस र प्रदर्शनकारीबीच झडप पछि ४५ जनालाई पक्राउ गरिएको छ । भने, यस घटनाबाट एक व्यक्ति गम्भिर घाइते भएका छन् ।

कोलोम्बोमा जारी कफ्यू सोमबार बिहानदेखि हटाइएको थियो । तर पनि सहरमा पुलिस र सेनाको उपस्थिति बढाइएको छ । राष्ट्रपति गोटाबाया राजपक्षेको घर जाने बाटोको बीचमा एउटा चलेको बस छ ।

वैदेशिक कर्जाका कारण २ करोड २० लाख जनसंख्या भएको श्रीलंकका गम्भिर आर्थिक संकटबाट गुर्जिरहेको छ । खाद्यय बस्तुको बढ्दो मूल्यवृद्धि र अभाकका कारण आममानिसको अवस्था बेहाल छ ।
राती के भएको थियो

बिहीबार राती हजारौं मासिनले राजपक्षेको राजीनामा माग गर्दै उनको घरतर्फ र्याली निकालेका थिए । प्रदर्शनकारिहरुले राजधानीको मूख्य सडक टायर बालेर अबरुद्ध गरेका छन् । त्यस क्रममा प्रदर्शनकारिहरुले सेनको २ वटा बस र एक जीमा आगो लगाएका थिए भने पुलिस माथि ढुंगा प्रहार गरेका थिए ।

सुरक्षा निकायले प्रदर्शनकारीलाई तितर वितर गर्नका लागि असुर ग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए । सुरक्षा निकायले यसका लागि फायरिङ या रबर बुलेटको प्रयोग गरेका छन् कि छैनन् भन्ने कुरा जानकारीमा आएको छैन । समाचार एजेन्सी एएफपीले आधिकारिक स्रोतले जानकारी दिएको भन्दै जब यो सब भइरहेको थियो उक्त समय राजपक्षे आफ्नो घरमा थिएनन् । यस संकटबाट बच्नका लागि शीर्ष सैनिक अधिकारीसँग छलफलमा रहेको भनेर समाचार संप्रेषण गरेको छ ।

एउटा निजी टिभी नेटवर्कले यस प्रदर्शनको लाइभ प्रसारण गरिरहेको थियो । तर त्यसलाई तुरुन्तै रोकिएको थियो । सरकारको दवावका कराण यस्तो भएको पत्रकारले बताएका छन् ।

शक्तिशाली राजपक्षे परिवार

रिटायर बैंक तथा प्रदर्शनमा सहभागी जगत लियानगे भन्छन्, ‘म यस सरकारको लागि बोझ हैन । म आर्थिक रुपमा ठिक ठाक छु । तर मेरो सम्पत्ती कुनै कामको छैन । मसँग धेरै पैसा छ तर त्यसको केही काम छैन । म उक्त सम्पत्तीबाट केही पनि किन्न सक्दिन । मेरो घरमा ग्यास सकिँदा पनि मैले सिलिन्डर भर्न सकिन । मेरो विचारमा यो समय देशको सबैभन्दा अध्यारो समय हो । हामी आफ्नो पैसाबाट केही पनि गर्न सकिरहेका छैनौं । नेताले हामीलाई नमारि हत्या गरिरहेका छन् ।’

श्रीलंकामा राजपक्षे परिवारलाई निकै शक्तिशाली मानिन्छ । गोटाबाया राजपक्षेका ठूलो भाई महिन्दा राजपक्षे देशको प्रधानमन्त्री र राष्ट्रपति भइसकेका छन् । उनको सानो भाई बासल देशको अर्थमन्त्री हुन् । सबैभन्दा ठूलो भाई चमल कृषि मन्त्री र उनको भजित नमल खेलकुद मन्त्री हुन् ।

यो हालतमा कसरी पुग्यो श्रीलंका

श्रीलंकाको भयानक आर्थिक स्थितिका लागि कोभिड–१९ महामारी प्रमुख कारणको रुपमा रहेको छ । कोभिडबाट श्रीलंकको पर्यटन क्षेत्र ध्वस्त भएको छ ।

केही अर्थशास्त्रिका अनुसार सरकारको खराब व्यवस्थापन र लगातार कर्जा लिएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो ।

श्रीलंकाले मार्च २०२० मा आयातमा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रा बचत गर्न यस्तो गरिएको थियो । जसको माध्यमबाट विदेशी कर्जा तिर्नका लागि ५१ अर्ब अमेरिक डलर बचाउन सकियोस् ।
साथै पेट्रोलियम पादर्थको अभावका कारण पनि श्रीलंकमा हाहाकार मचिएको छ ।

अधिकारी र मिडिया रिपोर्टका अनुसार बिहीबार श्रीलंकको सबै पेट्रोल पम्पमा डिजल उपलब्ध थिएन । देशको बिजुली कम्पनीले बिहीबार १३ घण्टा लोडसेडिङ हुने जानकारी दिएको थियो । कम्पनीसँग जनरेटर्स चलाउनका लागि डिजल उपलब्ध छैन ।

बीबीसीको सहयोगबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स