कामना सेवा विकास बैंकको थप दुई शाखा रहित बैंकिंङ सेवाको विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले थप दुई शाखा रहित बैंकिंङ सेवाको विस्तार गरेको छ । बैंकले आज एकै दिन छैठौं र सातौैं शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो ।

बैंकले बिहिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा ९ को आरके मोबाईल सर्भिस सेन्टरमा छैठौं र लेटाङ वडा न ९ मदनचोकको एवि मेडिकल हलमा सातौं शाखा रहित बैकिंङ सेवा संचादनमा ल्याएको हो ।

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले आरके मोबाईल सर्भिस सेन्टरमा र लेटाङ ९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले एवि मेडिकल हलमा शाखा रहित बैंकिंङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

विस्तारित शाखा रहित बैंकिङ सेवाबाट खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सेवा सुविधा सहज र सरल रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स