रुरु जलविद्युतको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले सेयर लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको हो ।

बाँकी कर प्रयोजनका लागि लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ छ । अब पुँजी चार करोड रुपैयाँले बढ्ने छ।

कम्पनीले गत चैतमा अंकित मूल्य १०० रुपैयाँको सेयर १२० रुपैयाँ दरले बिक्री गरेको थियो ।

कम्पनीको १५ र १६ औं वार्षिक साधारण सभामा उक्त प्रस्ताव लगिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स