सिटिजन्स बैंक र भारतस्थित मेदान्त-द मेडिसिटि अस्पताल बीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र भारतस्थित मेदान्त-द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन्।

सिटिजन्स बैंकले देशैभरी १७४ वटा शाखा, १२५ वटा ए।टि।एम। र ९३ वटा शाखा रहित बैंकिङ ईकाईहरु तथा १३ लाख पचास हजार भन्दा धेरै रहेका छन् ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

बैंकले आफ्नो १५ औं वार्षिकोत्सव भव्य रुपमा मनाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । वैशाख ७ गते बैंकको वार्षिकत्सव दिन हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स