रियलमी स्मार्टफोनद्वारा ‘१०० डेज रिटेलर स्किम’ को विजेताहरुको घोषणा

काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ ।

यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरु बीच १०० दिन चलेको थियो । विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत्र ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । सेप्टेम्बर २१, २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१, २०२१ मा अन्त्य भएको थियो ।

सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो । ए२जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो । मुनिस गिरी, रियलमी नेपाल प्रमुख, दीपक नाक्रा, बिक्री निर्देशक, सक्क्षम जाटिया, कार्यकारी निर्देशक, शंकर ग्रुप र सुलभ अग्रवाल, उपाध्यक्ष, शंकर ग्रुपको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।

रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो । यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८ ।

पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स