लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । दुवै बैकबीच ब्यापारिक साझेदारीका क्षेत्रहरु बिस्तार गर्ने समझदारी भएको हो ।

उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम र आईसीआइसीआइ बैंक नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।

त्यस्तै यो समझदारीले दुई बैंकबीच मानव संसाधन, प्रविधि र संचालन लगायतका विविध क्षेत्रका ज्ञान आदानप्रदान गर्ने सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स